विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पर्व मनाइयो (भिडियाे)
०५ भदौ २०८१
१ मिनेटको पढाई
विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पर्व मनाइएको छ । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ ।
गाइजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत आयोजना हुदै आएको छ ।
यस्तै गाईजात्राका अवसरमा रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमाा हाँस्यकलाकारहरुसंग साक्षात्कार गरेको थियो । कार्यक्रममा हास्यकलाकारहरुले मुलुकको राजनीतिक लगाएका अवस्थाका बारेमा हास्यव्यङ्ग्यका रुपमा कटाक्ष गरेका थिए ।
हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे ।
हाँस्यकलाकार हिमेश पन्तले पनि बेतिथिमाथि व्यङ्ग गर्नुभएको थियो भने हाँस्यकलाकार जितु नेपालले वर्षौदेखि गाइजात्रामा व्यङ्ग्य गर्दापनि नेताहरु नसुध्रिएको बताए ।
हाँस्यकलाकार राजा राजेन्द्रले राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा.बाबुराम भट्टराइलगायतको क्यारिकेचर गरे। त्यस्तै हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत व्यङ्ग्य गरे ।
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।