४ बैशाख २०८२, बिहिबार
17 April 2025, Thursday

तीज गीतको रौनक सहित दरखाने कार्यकम हुँदै

तीज गीतको रौनक सहित दरखाने कार्यकम हुँदै

न्युयोर्क- तीज विषेश दरखाने कार्यक्रम हुने भएको छ।

तारा-किशन फाउण्डेसन र दिलकुमारी स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गर्न लागेको यस वर्षको दरखाने कार्यक्रम उडसाइड सत्यनारायण मन्दिरको माथिल्लो तलामा मनाइने भएको छ।

उक्त कार्यक्रममा मौलिक तथा नयाँ गीतमा कलाकारहरुको वेजोड प्रस्तुती रहेने छ। यस कार्यकमलाई ANITA JEWELS काठमाडौं अनामनगरको तर्फबाट सुनको “चक्रलहरि” समेत प्रायोजन गरिएकोले राफल चिट्टा समेत बाडिने जानकारी समेत गराइएको छ।

तीज कार्यक्रमा सबैको मर्यादित उपस्थितिका लागि आयोजकले निमन्त्रणा गरेको छ।

यही आउॅदो सेप्टेम्बर ७ तारिक सनिवार बेलुका ६ बजे देखि हुने तीज विषेश दरखाने कार्यक्रमा प्रवेसको लागी कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।