अमेरिकी राष्ट्रपति पदका स्वतन्त्र उम्मेदवार केनेडीको उम्मेदवारी फिर्ता
- ०८ भदौ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिएका छन।
केनेडी जुनियरले अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको र आफुले ट्रम्पलाई समर्थन गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । र्यालीमा केनेडी र ट्रम्प दुवै जनाले सम्बोधन गरेका थिए ।
केनेडी जुनियर अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्व राष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन ।
डेमोक्र्याटिकका पूर्वनेता केनेडी जुनियरले विचारमा मतभेद भएपछि पार्टी छाडेका थिए । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यसअघि केनेडीको समर्थकबाट पनि भोट प्राप्त हुने गरी पहल गर्ने बताउएकी थिइन ।