७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन, ९ भदौः नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।