७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

वरिष्ठ समाजसेवी फन्डेजर फिलान्थरापिस्ट र भूगोलविद डा. तुलसी जोशी सम्मानीत

वरिष्ठ समाजसेवी फन्डेजर फिलान्थरापिस्ट र भूगोलविद डा. तुलसी जोशी सम्मानीत

न्यूयोर्क: वरिष्ठ समाजसेवी फन्डेजर फिलान्थरापिस्ट र भूगोलविद् डाक्टर तुलसी जोशीलाई एक कार्यक्रमाकाबीच सम्मान गरिएको छ। तारा किसन फाउन्डेसन न्यूयोर्कको आयोजनामा लेकसाइड रेस्टुरेन्टमा भएको कार्यकममा डा. तुलसी केसीलाई सम्मान गरिएको हो। फाउन्डेसनका संस्थापक किसान धामीको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर राजन थपलिया र संस्थापक किसान धामीले उनीहरुलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन्।

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष श्री आनन्द बिष्ट , नेपाली कांग्रेस केन्द्रिय सदस्य श्री डा रणबहादुर रावत ,डा प्रोफेसर गोविन्द कोइराला, प्रोफेसर डा शेखर गिरी, प्रोफेसर डा राजन थपलियाले आफ्नो धारणा व्यक्त गरेका थिए।

त्यस्तै लेकसाइड रेस्टुरेन्ट सञ्चालक तथा सिपीए श्री पशुपति श्रेष्ठ ,सुदूरपश्चिम समाजका अध्यक्ष नविन ओझा,पदाधिकारी गणेश विस्ट,राम बहादुर देऊवा , समाजसेवी तथा शेर्पागेदुङ समाजका पूर्व अध्यक्ष उर्गेन शेर्पा, रोटरी क्लब न्युयोर्कका पूर्वाध्यक्ष हंसराज जोशी, खसोखासका सम्पादक दीपक परियार, समाजसेवी खाम भट्ट ,अजित शाह, हरिकला पोखरेल तथा कलाकार बिमल डाँगी लगायतले डाक्टर जोशीलाई शुभकामना दिएका थिए।

डाक्टर तुलसी जोशीले कर्म गर्न छोड्नु हुँदैन,एक दिन कर्मको फल अवश्य पाइन्छ, भन्ने उक्तिलार्इ शिरोधार्य गर्नुपर्नेमा जोड दिए। उनले आफ्नो अमेरिका बसाई १९६३ देखि लिएर २०२४ सम्म आइपुग्दा नेपालका बझाङ जिल्लाका धेरै बालबालिकाहरुलाई शिक्षामा सहयोग गरेको र देशको लागि आफ्नो श्रीमती मर्लिन जोशीको महत्वपूर्ण भूमिका साथ र सहयोग रहेको बताए।

त्यस्तै डा. तुलसी जोशीको जीवन संगिनी मर्लिन जोशीको जन्मदिनलाई केक काटेर तथा शुभकामना दिएर मनाइएको थियो। कार्यक्रममा जोशीको दुई छोरी र एक नातिको पनि उपस्थिति थियो।