२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

टेक्सस राज्यस्थित ह्युस्टनमाा नेपाली विद्यार्थीको गोली हानी हत्या

टेक्सस राज्यस्थित ह्युस्टनमाा  नेपाली विद्यार्थीको गोली हानी हत्या

न्युयोर्क- टेक्सस राज्यस्थित ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ।

ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको सञ्चार माध्ममले जनाएका छन। कसले किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेण्ट’ ले चिनिन्छ।

ती विद्यार्थी ह्युस्टनको हिलक्रप्ट स्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन्। प्रहरीले अपार्टमेन्टमा छापा हानेर शव अस्पताललाई जिम्मा लगाएको छ। मृतकको नाम मुना पाण्डे भएको बताइएको छ। सोमबार अपराह्न यो हत्या भएको अनुमान गरिएको छ।