१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

त्रिवेणी टाइम्सले अन्नपूर्णको अभियान स्टार्टअपको ब्रान्डिङ प्रचार गर्ने

त्रिवेणी टाइम्सले अन्नपूर्णको अभियान स्टार्टअपको ब्रान्डिङ प्रचार गर्ने

न्यूयोर्क : त्रिवेणी टाइम्सले अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडिएका सबै स्टार्टअप कम्पनीहरूको प्रोडक्ट ब्रान्डिङ र प्रचार गर्ने भएको छ।

त्रिवेणी टाइमसले नेपाली युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न अन्नपूर्णले थालेको अभियानलाई सघाउन लागेकाे हाे। नेपालको मेनस्ट्रिम मिडिया अन्नपूर्णले हालै नेपाली युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप प्रोडक्टका बारेमा प्रोडक्टको ब्रान्डिङ प्रचारमा सघाउने अभियान सुरु गरेको  ‘स्टार्टसँग अन्नपूर्ण’ अभियानमा जोडिएकाहरूको ब्रान्डिङ प्रचारमा अमेरिकाबाट त्रिवेणी टाइम्सले सघाउने छ।

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरू गरिएको बताएका छन्। साथै त्रिवेणी टाइम्ससंग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले स्टार्टअप व्यवसाय गर्ने युवाहरू भोलिका ठूला उद्यमी र मुलुकको आर्थिक विकासको अति महत्वपूर्ण हिस्सा भएकाले ती युवा उद्यमीहरूको हौसला बढाइ उनीहरूका प्रोडक्टहरूको बजारीकरणका लागि प्रोडक्टको ब्रान्डिङ एवं केयरिङ गरी व्यावसाय प्रवर्द्धन गराउन अन्नपूर्णले यो अभियान सञ्चालन गरेका बताएका छन्।