११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

डोनाल्ड ट्रम्पले गरेकाे राजनीतिक सभामा फेरि भयाे अर्को लफडा

डोनाल्ड ट्रम्पले गरेकाे  राजनीतिक सभामा  फेरि भयाे अर्को लफडा

न्युयोर्क- अमेरिकी दल रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावीसभामा फेरि अर्को लफडा भएको छ ।

गत जुलाई १४ मा हत्या प्रयास गरिएको राज्य पेन्सिलभेनिया राज्यमै यस्तो लफडा भएको हो । ट्रम्पले बोलिरहेको बेला पत्रकार दीर्घामा एक युवा जबरजस्त चढ्न खोजेका थिए । अरु ट्रम्प समर्थकहरुले तान्न खोज्दा उनी ओर्लेनन् ।

पछि प्रहरीले ‘टेजर’ प्रयोग गरेर उनलाई लडाएर नियन्त्रणमा लिएको थियो । रुसी विश्व च्यानल आरटीको समाचारमा देखाइएको भिडिओअनुसार यस्तो उपद्रो हुँदा ट्रम्पका समर्थकहरु शान्त देखिएका छन् । उनीहरुले उपद्रो गर्ने युवालाई कुनै यातना दिएका छैनन् ।

यो घटना गत महिना उनको हत्याको असफल प्रयास पछि अन्य चुनाव कार्यक्रमहरूमा कडा सुरक्षाका बीचमा भएको थियो।

यस अघि जुलाईमा पेन्सिलभेनियाको बटलरमा एक र्‍यालीमा २० वर्षीय थोमस म्याथ्यू क्रुक्सले उनीमाथि गोली चलाएका थिए। त्यसबेला पूर्व राष्ट्रपति ट्रम्पको दाहिने कानमा गाेली  लागेको थियो।

ट्रम्पले आफ्नो राष्ट्रपति अभियानको प्रतिद्धन्दी कमला ह्यारिसको पक्षमा कथित पूर्वाग्रहको रूपमा वर्णन गरेको कुरालाई लिएर मिडियामा आलोचना गरेपछि यो घटना भएको हो। ती व्यक्ती ट्रम्प समर्थक थिए वा विपक्षी थिए भन्ने कुरा अझै खुल्न सकेको छैन।