२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

जापानमा शक्तिशाली आँधी, ६ जनाको मृत्यु

जापानमा शक्तिशाली आँधी, ६ जनाको मृत्यु

न्युयोर्क- जापानमा शक्तिशाली आँधीले जनधनको क्षति गरिरहेको छ।

शानशान नामको यो आँधी बितेका दशकमा सबैभन्दा शक्तिशाली आँधी भएको बीबीसीले जनाएको छ।

जापानको दक्षिणपश्चिमी क्षेत्रमा बिहीबार आएको शान्सन आँधीका कारण ६ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्। हजारौँ मानिस बिजुलीविहीन जीवन बिताइरहेका छन्।

बिहीबार दक्षिणी टापु क्युसुमा २५२ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएपछि सरकारले मानिसहरूलाई सतर्क रहन निर्देशन दिएको थियो।

अहिले आँधी कमजोर भएको छ। तर, अझै पनि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।

अहिले उत्तर-पूर्वतर्फ सर्दै आगामी २४ घण्टामा ३ सय मिलिमिटर वर्षा हुने सम्भावना छ।

हावाहुरी प्रभावित क्षेत्रमा पहिरो, बाढी र ठूलो क्षतिको चेतावनी दिइएको छ।

सम्बन्धित खबर