भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमान अमेरिकी कब्जामा
- १८ भदौ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान अमेरिकाले कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको विमान डोमिनिक रिपब्लिकबाट सोमबार कब्जामा लिइएको सीएनएनले जनाएको छ ।
अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ ।
विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको समाचारमा उल्लेख छ । विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरूपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ ।