६ बैशाख २०८२, शनिबार
19 April 2025, Saturday

पन्ध्र सयभन्दा बढीको उपस्थितिमा मनाइयो तीज तथा दर खाने कार्यक्रम

पन्ध्र सयभन्दा बढीको उपस्थितिमा मनाइयो तीज तथा दर खाने कार्यक्रम

न्यूयोर्क- नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा दरखाने कार्यक्रम सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्यूयोर्क च्याप्टर फ्रेण्डस् अफ नुवाकोट इन् न्यूयोर्क अमेरिका तथा बाग्लुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मञ्च त्यस्तै नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाजसँगको संयुक्त सहकार्यमा दरखाने कार्यक्रम सम्पन्न भएको हो।

करिव पन्ध्र सयभन्दा बढी आमा तथा दिदीबहिनीहरूको सहभागिता तथा नेपाली भेष भुषा तथा नेपाली गीत संगीतले कार्यक्रम गुञ्जायमान भएको थियो।

एक सेप्टेम्बरका दिन सम्पन्न कार्यक्रम दिव्यधाम मन्दिर पांङगणमा भएको थियो ।

न्यूयोर्कमा वर्षेनी मनाउँदै आइरहेको अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम यस वर्ष पनि एनआरएनए न्युयोर्क च्याप्टरको तर्फबाट महिला उपाध्यक्ष लक्ष्मी थापाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

यस वर्षको कार्यक्रममा दिदीबहिनीहरूको उल्लेख्य सहभागीताले ऐतिहासिक बनेको कार्यक्रम संयोजक लक्ष्मी थापाले जानकारी दिइन।

एनआरएनए न्युयोर्क च्याप्टरको कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष छिरिङ शेर्पाको अध्यक्षता ,उपवाणिज्यदूत संगीता न्यौपानेको प्रमुख आथित्यता रेहेको थियो। प्रमुख अथिती न्यौपाने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्दै उपस्थित तथा आयोजकलाई धन्यवाद समेत दिएकी थिइन।

कार्यक्रम संयोजक लक्ष्मी थापाका अनुसार अहिले आमा दिदीबहिनीहरूको उल्लेख्य उपस्थितिले दिव्यधाम मन्दिरको प्रांगण र हल भरिभराउ थियो ।

कार्यक्रममा सामाजिक व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।

भाइबहिनीहरूले नृत्यका साथमा अहिलेको समाजिक परिवेशको झल्को दिने अभिनय गरेर मनोरञ्जन समेत गराएका थिए। महिला सचिव गीता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा आर्थिक संयोजन कोषाध्यक्ष देवेन्द्र लामा गरेका थिए ।