- २३ भदौ २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ८४ वर्षको उमेरमा आइतबार अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा निधन भएको हो ।
१० दिनदेखि क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत रहनुभएका उपाध्यायको उपचारकै क्रममा आइतबार निधन भएको हो ।
वरिष्ठ पत्रकार उपाध्यायको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । आइतबार महासङ्घले विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनबाट नेपाली पत्रकारिता जगतले एक जना अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको जनाएको छ ।
वि.सं. २०२६ सालदेखि ज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका उपाध्यायले तत्पश्चात् आफ्नै सम्पादनमा अङ्ग्रेजी भाषामा टेलिग्राफ साप्ताहिकको प्रकाशन सुरु गरेका थिए।
तीन दशकभन्दा लामो समय सम्पादनको जिम्मेवारीमा रही उक्त साप्ताहिकलाई निरन्तरता दिनुभएका उपाध्यायको मुख्यतः लेखहरू भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रीबिचको भूराजनीतिक तनाव र पाकिस्तानलाई क्षेत्रीय शक्ति मान्नु पर्ने आवश्यकतामाथि केन्द्रित थिए ।