११ मंसिर २०८१, मङ्लबार
26 November 2024, Tuesday

भियतनाममा ‘सुपर टाइफुन’ले पुल भत्काउँदा नदीमा खसे कैयौँ कार

भियतनाममा ‘सुपर टाइफुन’ले पुल भत्काउँदा नदीमा खसे कैयौँ कार

न्युयोर्क-  भियतनाममा बज्रिएयता उक्त आँधीका कारण त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ। ड्यासक्यामबाट खिचिएका भिडिओ फुटेजमा सोमवार फु थोक प्रान्तको फोङ चाउ पुल भत्किएको क्षण देखिन्छ।

पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन्। यद्यपि tropical depression मा अब यस आँधी कमजोर भएको छ।

यागी अब पश्चिमतर्फ सर्ने क्रममा थप विनाश सिर्जना गर्ने अधिकारीहरूले चेतावनी दिएका छन्। प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन्।

यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो। फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कुटर रेड नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जनाएका छन्।

चालकले रोक्न नभ्याउँदै अगाडिको पुल तल खसेपछि लरी पानीमा खसेको क्षण क्यामेरामा कैद भएको थियो। हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ।

नुयाङ मिन्ह हइले पुल भत्किँदा आफूले उक्त पुलमा मोटरसाइकल चलाइरहेको बताउँछन्। “तल खस्दा म निकै आत्तिएँ,” अस्पतालबाट बोल्दै उनले भने।

“मलाई भर्खर मैले मृत्यु छलेँ भन्ने अनुभूति भइरहेको छ। मलाई पौडी खेल्न आउँदैन र म मर्छु जस्तो लागेको थियो।” ३७५ मिटर लामो उक्त पुलको केही भाग अझै स्थिर छ।

त्यहाँको सेनाले खाली रहेको उक्त भागमा सक्दो छिटो पानीमा तैरनै अस्थायी प्रकृतिको पोन्टून पुल बनाउन निर्देशन दिएको छ। भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार मृत्यु भएकाहरूमध्ये कम्तीमा ४४ जनाको पहिरो र अकस्मात् आएको बाढीबाट ज्यान गएको थियो।

जसमध्ये ६८ वर्षकी एक महिला, एक वर्षका बालक र एक नवजात शिशु छन्। आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्‍याएको छ।

रोयटर्स समाचार संस्थाका तस्बिरहरूमा हाइ फोङ सहरको एलजी इलेक्ट्रोनिक्स कारखानाको पर्खाल भत्किएको देखिन्छ।