१२ बैशाख २०८२, शुक्रबार
25 April 2025, Friday

केन्यामा आगलागीबाट विद्यालयका १७ बालबालिकाको मृत्युपछि छानविनको निर्देशन

केन्यामा आगलागीबाट विद्यालयका १७ बालबालिकाको मृत्युपछि छानविनको निर्देशन

न्युयोर्क- केन्याका राष्ट्रपति विलियम रुटोले एक विद्यालयमा भएको आगलागीमा १७ बालबालिकाको मृत्यु भएपछि घटनाको छानविन गर्न आदेश दिएका छन्। आगालागीबाट १७ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। रुटोले न्यारीको हिलसाइड एन्दाराशा एकेडेमीमा भएको आगलागीमा दोषीलाई कारबाही गरिने बताए।

राष्ट्रपतिले सरकारी निकायलाई पनि पीडितलाई सहयोग गर्न स्रोत परिचालन गर्न निर्देशन दिए। आगलागीमा परी मृत्यु हुनेको उमेर सातदेखि ११ वर्षको रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय प्रहरी सेवाका प्रवक्ता रेसिला ओनयाङ्गोले आगलागीको कारण पत्ता लगाउन सुरक्षा विज्ञहरूको टोलीले अनुसन्धान गरिरहेको बताए।