२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

अमेरिका र बेलायतका विदेशमन्त्री एकसाथ युक्रेन जाँदै

अमेरिका र बेलायतका विदेशमन्त्री एकसाथ युक्रेन जाँदै

न्युयोर्क- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनका बेलायती समकक्षी डेभिड लामीले यसै साता सँगै युक्रेनको भ्रमण गर्ने भएका छन्।

तर भ्रमणको मिति भने बीबीसीले उल्लेख गरेको छैन।  दुवै देशका विदेशमन्त्रीले आफूहरूको भ्रमण युक्रेनलाई रुसको विरुद्धमा समर्थन गर्ने महत्त्वपूर्ण क्षण हुने बताएका छन्।

डेभिड लामीले दशकौँमा पहिलोपटक यस्तो भ्रमण हुन लागेको बताए। यसले युक्रेनप्रति पश्चिमी देशहरूको प्रतिबद्धता देखाउने उनको भनाइ छ।

ब्लिन्केनले अमेरिका र बेलायतको प्राथमिकता युक्रेन सुरक्षामा सहयोग गर्नु रहेको बताए। डेभिड लामी र एन्टोनी ब्लिन्केनले चीन, इरान र उत्तर कोरियाले रुसलाई सहयोग गरिरहेको आरोप लगाएका छन्।

ब्लिन्केनले इरानले रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र दिएको भन्दै अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गर्ने बताए। रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध चलिरहेको छ।