३ असार २०८२, मङ्लबार
17 June 2025, Tuesday

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, भदौ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभईकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताए ।

“हामी टिम स्पिरिटमा काम गर्छौँ, एक अर्कालाई सहयोग गर्छौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ ।’’ प्रधानमन्त्री ओलीले भने।

उनले पूर्वमन्त्रीहरुसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न आग्रह समेत गरे ।