१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ

लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ

लेखनाथ। कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन । कास्की जिल्ला अदालतबाट अनुमति लिई डा. श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

गएको साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी घर भई पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागूऔषध किनेको बयान दिएका छन । थापामगर ९७ ट्याब्लेट टुपेनसहित पक्राउ परेका थिए ।

२०७९ को आमनिर्वाचनपछि डा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठलाई सांसदबाट हटाएको थियो ।