सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डका लागी अमेरिका आएका कलाकारले आयोजकलाई दिए शुभकामना
२९ भदौ २०८१
१ मिनेटको पढाई
न्युयोर्क- सेप्टेम्बर १५ मा हुन लागेको सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा भाग लिन अमेरिका पुगेका कलाकारहरूले आयोजकलाई शुभकामना तथा धन्यवाद ब्यक्त गरेका छन।
विमानस्थलमा स्वगत पछि एक कार्यक्रमा कलाकर्मीहरुले धन्यवाद तथा शुभकामना ब्यक्त गरेका हुन। कलाकार केदार घिमिरे माग्ने बुढा, कृष्ण मल्ल, बसुन्धरा भुसाल, शम्भुजित बास्कोटा, प्रशान्त ताम्रकार लगायतले आयोजकलाई कार्यक्रम सफल्ताको शुभकामना ब्यक्त गरेका थिए।
त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको आयोजनामा सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारिखमा अमेरिकाको मेलरोज बलरुममा हुने छ।
अवार्ड कार्यक्रममा चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने जनाइएको छ। सन् २०१६ बाट सुरु भएको यो कार्यक्रमको नारा ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने रहेको छ।
अवार्ड कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारिखमा अमेरिकाको मेलरोज बलरुममा हुने र अवार्डको लागि टिकट अनलाइन बुकिङ गर्न सकिने व्यवस्था रहेको थियो।
कार्यक्रममा देश विदेशमा रहेका नेपाली कलाकार तथा प्रतिष्ठिक व्यक्तिहरु आउने छन्। कार्यक्रममा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र अभिनेत्री सहित विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिने जनाइएको छ।