७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

अमेरिकी डलर भाउ कति ? यस्तो छ आजको मुद्रा बिनिमयदर

अमेरिकी डलर भाउ कति ? यस्तो छ आजको मुद्रा बिनिमयदर

काठमाडौं/  तपाई  बिदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ भने राष्ट्र बैंकले दिएको विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा रहेको छ । ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरे अनुसार युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४८ रूपैयाँ १६ पैसा कायम गरेको छ ।

यस्तैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ७० पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रूपैयाँ ११ पैसा र बिक्रीदर १५८ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।

यस्तैगरी सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रूपैयाँ ५४ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९० रूपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९९ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा हुँदा चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ छ ।

अरेबियन मुलुकहरु मध्ये साउदी रियाल एकको खरिददर ३५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३१ रूपैयाँ २९ पैसा रहेको छ ।

यस्तैगरी, थाइ भाट एकको खरिददर चार रूपैयाँ ०१ पैसा र बिक्रीदर चार रूपैयाँ ०३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०८ पैसा र बिक्रीदर १० रूपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३ रूपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९० पैसा र बिक्रीदर १९ रूपैयाँ ९९ पैसा तोकिएको छ।

अन्य मुलुकहरुको विवरण यस्तो छ । 

 

forex nepal.jpg