२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

‘त्रिवेणी टाइम्स’को ग्रान्ड ओपनिङ

‘त्रिवेणी टाइम्स’को ग्रान्ड ओपनिङ

न्यूयोर्क: नेपाली भाषाको अनलाइन ‘त्रिवेणी टाइम्स’को आज ग्रान्ड ओपनिङ भएको छ। यो अनलाइन पोर्टल अमेरिकाको न्यूयोर्कबाट सञ्चालन हुने छ।

यसको ओपनिङ कलाकारहरुको बीचमा भव्य रुपमा भएको छ। ओपनिङ कार्यक्रममा नेपालबाट तथा अमेरिकामा नै रहेका चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो।

विदेशी भूमिबाट नेपाली भाषामा देशविदेशका सत्यतथ्य समाचार प्रकाशन गर्ने उद्देश्यले त्रिवेणी टाइम्स सुचारु गरिएको हो। सञ्चालक समितिले जनाएको छ।

प्रवासमा रहेका नेपालीहरुका समस्या समाधान सम्प्रेसण गर्ने उद्धेश्यले सञ्चालन गरिएको जनाइएको छ।

त्रिवेणी टाइम्सका समाचार पढ्न ‘https://trivenitimes.com/’ यो लिंकबाट सकिने छ।