२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

समुद्रको बाटो फ्रान्सबाट इङ्ग्ल्यान्ड जाँदै गर्दा ८ जनाको मृत्यु

समुद्रको बाटो फ्रान्सबाट इङ्ग्ल्यान्ड जाँदै गर्दा ८ जनाको मृत्यु

न्युयोर्क-समुद्रको बाटो डु‌ंगामा ​​फ्रान्सबाट इङ्ग्ल्यान्ड जाँदै गर्दा ८ जनाको मृत्यु भएको छ। फ्रान्सेली प्रहरीले यो जानकारी दिएको हो। स्थानीय समयअनुसार राति १ बजे डुङ्गा बोलोग्ने–सोस–मारेको उत्तरमा पानीमा फसेपछि उद्धारकर्मीलाई खबर गरिएको थियो।

बीबीसीका अनुसार रबरको उक्त जहाजमा करिब ५० जना सवार थिए। किनारबाट निस्किएको केही समयपछि डुंगा डुब्न थाल्यो।  यो घटनाको दुई साताअघि यही क्षेत्रमा आप्रवासीले भरिएको डुंगा डुबेर ६ बालबालिका र एक गर्भवतीसहित १२ जनाको मृत्यु भएको थियो।

बेलायती सरकारका प्रवक्ताले घटनाको पुष्टि गर्दै फ्रान्सेली अधिकारीहरूले यस विषयमा अनुसन्धानको नेतृत्व गरिरहेको बताएका छन्। बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘समुद्री मार्गमा ज्यान गुमाउनेको खबर सुन्दा दुःख लागेको छ।’