दरबारमार्गको ‘कन्सर्ट’ पुगेर प्रधानमन्त्रीले दिए शुभकामना
- ०३ अशोज २०८१
- १ मिनेटको पढाई
काठमाडौँ । राजधानीको दरबारमार्गमा नागरिकस्तरबाट जारी ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने पुगेका छन् । प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी हुँदै कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिएका छन् ।
अनौपचारिक पोसाकमा पुगेका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए । उनीसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत उपस्थित थिए । नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले यसको समन्वय गरेको पाइएको छ ।
कन्सर्टमा युवाहरु ठूलो संख्यामा नेपाली झण्डासहित पुगेका छन् । कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ ।