२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

“प्रोक्लामेसन” अवार्डबाट ५ नेपाली सम्मानित

“प्रोक्लामेसन” अवार्डबाट ५ नेपाली सम्मानित

न्यूयोर्क :  अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा “प्रोक्लामेसन” अवार्डबाट ५ जना नेपाली सम्मानित भएका छन्। अमेरिकाको न्यूयोर्क सहरको न्यूयोर्क सिटी काउन्सिलका सदस्य रोवर्ट होल्डनले उक्त पुरस्कार वितरण गरेका हुन्।

पुरस्कार पाउने व्यक्तिहरूमा त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनका अध्यक्ष नवराज केसी, प्रोफेसर डा.राजन थपलिया, कृष्ण मल्ल, खमलाल भट्ट, नवराज श्रेष्ठ रहेका छन्। उनीहरुलाई विभिन्न क्षेत्रमा योगदान पूर्‍याए वापत उक्त पूरस्कार पदान गिरएको थियो।

अवार्ड कार्यक्रममा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्री सहित विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिएको थियो।
अवार्ड कार्यक्रममा नेपाल देखी आएका तथा अमेरिकामा बसोबास गर्दै आएका कलाकारलाई अवार्ड तथा पुरस्कार पदान गिरएको थियो।

सन् २०१६ बाट सुरु भएको यस कार्यक्रमको सातौं संस्करण अमेरिकाको मेलरोज बलरुममा भएको थियो। कार्यक्र भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले बताएका छन्।

कार्यक्रम त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको सहकार्यमा ग्लोबल नेपाली फिल्म अवार्डले आयोजना गरेको हो। अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरूद्वारा मनमोहक कला प्रदर्शन भएको थियो।

अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजकले बताएका छन्।

एटीए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करण कार्यक्रमको सञ्चालन कलाकार सन्दिप क्षेत्रीले गरेका थिए।

 

May be an image of 10 people and text

May be an image of 8 people and text