रवि लामिछानेले भने– निर्धक्क हुने अवस्था छैन पक्राउ गर्न सक्छन्
०६ अशोज २०८१
१ मिनेटको पढाई
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि सरकारले प्रतिशोध साधेर पक्रने षडयन्त्र गरेको आरोप लगाएका छन् । हरेक पटक अनुसन्धानमा सघाएको भन्दै उनले यस पटक पनि उपस्थित हुन तयार रहेको बताएका हुन् ।
‘मलाइ भरोसा छैन, विरोधीलाई तह लगाउन सरकारले जे पनि गर्न सक्छ’ उनले भने, ‘निर्धक्क हुने अवस्था छैन, विश्वास गर्ने आधार छैन ।’ लामिछानेले सरकार अधिनायकवादी शैलीमा अगाडि बढिरहेको आरोप लगाए ।
पार्टी कार्यालय वनस्थलीमा आइतबार राति १० बजे कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारप्रति आफ्नो भरोसा नरहेको र जतिबेला पनि आफूलाई पक्राउ गर्न सक्ने बताए । ‘सरकारले अन्याय ग-र्यो भने मैले देशभरिका समर्थकलाई अपिल गर्नेछु, रास्वपाका कार्यकर्ता अलर्ट रहनु होला’ उनले भने ।