परराष्ट्रमन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
- ०९ अशोज २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेशमन्त्री जोन वासबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई थप बलियाे बनाउनेबारेमा छलफल भएको छ । भेटका अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्त्वपूर्ण भएको उल्लेख गरेकि छन । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उनीहरूको छलफल भएको थियो ।
नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताजस्ता विषयमा साझा मूल्य मान्यता रहेको विषयमा कुराकानी भएको छ । मन्त्री राणा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा छन।