८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

न्यूयोर्क शहरका प्रमुख एडम्सलाई लगाइयाे घूसखोरी र जालसाजीको आरोप

न्यूयोर्क शहरका प्रमुख एडम्सलाई लगाइयाे घूसखोरी र जालसाजीको आरोप

न्युयोर्क- न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्सलाई संघीय अनुसन्धान पछिघूसखोरी र जालसाजीको आरोप लगाइएको छ । उनि विरुद्ध अवैधरुपमा विदेशी चन्दा मागेको संघीय अपराधको आरोप लगाइएको छ। भ्रष्टाचारको लामो अनुसन्धानमा आरोप लगाइएका एडम्सले आफू निर्दोष भएकाे दाबी गरिरहेका छन् । तर उनले पाएका फाइदाहरू लुकाउन खोजेको अभियोगमा उल्लेख गरिएकाे छ ।

त्यस्तै गैरकानूनी गतिविधिमा संलग्न अन्य ब्यक्तीहरूसँगका सन्देशहरू मेटाएको तथा गैरकानूनी गतिविधिमा संलग्न एकजनालाई आफूले सधै सन्देशहरु मेटाएको आश्वासन सन्देशबाट दिएको समेत अभियोगमा उल्लेख गरिएकाे छ ।

तर उनले आरोपहरू सामना गर्ने छन् या छैनन भन्ने स्पष्ट नभै सकेको समेत समाचारहरुमा उल्लेख गरिएको छ ।
एडम्सले भने आँफु निर्दाेस भएकाे दावी गर्दै आएका छन।

सन् २०२१ देखि अनुसन्धानकर्ताहरूले उनको अभियानले गैरकानूनी विदेशी चन्दा प्राप्त गर्न टर्की सरकारसँग मिलेमतो गरेको छ कि छैन भन्नेमा अनुसन्धान केन्द्रित गरेका थिए ।
आडसम्ले ब्रुकलिन बरो प्रेसिडेन्ट हुँदादेखि नै करिव एक दशकको लागि अनुचित लाभहरू खोजेको र स्वीकार गरेको अभियोजकहरुको अाराेप पत्रमा उल्लेख छ। यस अगाडि आडम्सको निजी निवासमा छापा समेत मारेका थिए ।

मेयर र उनका सहयोगीहरूले अधिकारीहरूसँग समन्वय गरिरहेको बताएका छन् ।आडम्स सन् २०२१ मा न्युयोर्कका ११० मेयर निर्वाचित भएका थिए । उनी सबैभन्दा ठूलो शहर न्युयोर्कको नेतृत्व गर्ने दोस्रो अश्वेत व्यक्तिको रूपमा समेत निर्वाचित भएका थिए ।