अमेरिकी राष्ट्रपति बाइडेनले गरे प्रधानमन्त्री ओलीलाई स्वागत
- ११ अशोज २०८१
- १ मिनेटको पढाई
वासिङटन- प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति जो वाइडेनले स्वागत गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा स्वागत गरेका हुन् ।
राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओलीसहित प्रथम महिला राधिका शाक्य पनि सहभागी भएको ओलीको सचिवालयले जनाएको छ ।
महासभामा भाग लिन आएका पाहुनाका लागि राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा ओलीले उनीसँग भेट गरेका हुन । ओलीले गएराति महासभालाई सम्बोधन गर्दै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए। त्यसअघि उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखसँग भेटवार्ता गरेका थिए ।
साथै प्रधानमन्त्री ओलीसँग हिजो चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेट गरेका थिए। प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल गएको असोज ४ गते शुक्रवार न्युर्योक प्रस्थान गरेको थियो ।
नेपाली टोली आउँदो १४ गते स्वदेश फर्कने तालिका छ ।