७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सद्वारा मूर होमस्टेड खेल मैदानमा सरसफाइ

रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सद्वारा मूर होमस्टेड खेल मैदानमा सरसफाइ

न्यूयोर्क : रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सले मूर होमस्टेड खेल मैदानमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
क्लबले न्यू टाउन हाई स्कूलका विद्यार्थीहरूसँगको सहकार्यमा सेप्टेम्बर २८, २०२४ मा खेल मैदान सरसफाई गरेको हो।

उक्त खेलमैदान धेरै फोहोर र व्यस्त रहेकोले सरसफाइ गरेको रोटरी क्लव न्यूयोर्क क्वीन्सका अध्यक्ष अर्बिन पौडेलले बताए। उनले भने, ‘उक्तपार्क सबैभन्दा व्यस्त तर साहै फोहोर पार्क थियो । मुर होमस्टेड प्लेग्राउन्डलाई सफलतापूर्वक सरसफाइ गरी सुशोभित गरियो। सफाइ कार्यक्रमपछि पार्क सर्वसाधारण बस्न खेल्न लायक बनेको छ।’

खराब मौसममा पनि सफाइ कार्यमा समर्पित स्वयंसेवकहरूले लगावका साथ कार्य गरेको उनको भनाइ छ।

खेल मैदानलाई समुदायको लागि सफा र थप रमाइलो ठाउँ बनाउन सहयोग गर्ने एजी माइकल अस्केनाजी, पूर्व अध्यक्ष खाम भट्ट, नवराज केसी र न्यूयोर्क सिटी पार्क्स एन्ड रिक्रिएसनका संयोजक अलेक्जान्ड्रालाई अमूल्य सहयोग र समन्वयको लागि आयोजकले विशेष धन्यवाद दिएका छन्।