३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

नेतान्याहूले भने : ‘इरानले गम्भीर गल्ती गर्‍यो, यसको मूल्य चुकाउनुपर्नेछ’

नेतान्याहूले भने : ‘इरानले गम्भीर गल्ती गर्‍यो, यसको मूल्य चुकाउनुपर्नेछ’

तेल अबिब । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले गम्भीर गल्ती गरेको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन् । मंगलबार इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेकोबारे इरानलाई चेतावनी दिए ।

उनले चेतावनी दिँदै भनेका छन्,’जसले हामीलाई आक्रमण गर्छ, हामीले पनि आक्रमण गर्छौं, यो हाम्रो नियमनै हो ।’ यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहूलाई चेतवानी दिएका थिए ।