अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदित
- १६ अशोज २०८१
- १ मिनेटको पढाई
काठमाडौँ – अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् ।
संसदीय सुनुवाइ समितिमा बुधबार बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । उनले आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिइन् ।