नोभेम्बर ५ मा बाल्टिमोरमा हुँदै दसैँ उत्सव
- १६ अशोज २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको बाल्टिमोरमा डेमोक्र्याटिक पार्टीले दसैँ उत्सव आयोजना गर्ने भएको छ।
अक्टोबर ५ मा अमेरिकाको बाल्टिमोरमा दसैँ उत्सव आयोजना गरिन लागेको मेरिल्यान्डका डेलिगेट्स ह्यारी भण्डारीले जानकारी दिए। एसिया मूलका मानिसहरुको उल्लेख्य संख्या रहेको बाल्टिमोरमा दसैँका अवसरमा यो उत्सव आयोजना गर्न लागिएको हो।
मेरिल्यान्डका गभर्नर वेस मुरले गत वर्ष अक्टोबर ५ लाई दसैँ डेका रुपमा घोषणा गरेका थिए। भण्डारीले मेरिल्यान्डको संसद्मा गरेको प्रस्तावलाई मेरिल्यान्डका दुवै संसद्ले पास गरेका थिए। अब हरेक वर्ष अक्टोबर ५ मेरिल्यान्डका लागि ‘दसैँ डे’ हो।
सोही परम्परालाई निरन्तरता दिन बाल्टिमोरमा यस वर्ष आयोजना हुने उक्त दसैँ उत्सवमा सिनेटर क्रिस भ्यान होलेन पनि सहभागी हुनेछन्। त्यस्तै मेरिल्यान्डकी लेफ्टिनेन्ट गभर्नर अरुणा मिलर पनि दसैँ उत्सवमा सहभागी हुनेछिन्। कंग्रेसमा उम्मेदवार बनेका जोन जोनी ओ ओल्सजेवस्की पनि कार्यक्रममा सहभागी हुनेछन्।
खासगरी नेपाली समुदाय र भारतीय समुदायका अमेरिकीहरुका लागि उक्त दसैँ उत्सव आयोजना गरिएकोभण्डारीले जानकारी दिए। बाल्टिमोरको हिल्टन गार्डेन इनमा कार्यक्रम आयोजना हुने आयोजकले बताएका छन।