न्युयोर्क- सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन खुलेको छ । नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन खुला भएको हो ।
आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म डीभीको आवेदन दिन पाइने जनाइएको छ । आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइटमा गएर डीभी आवेदन फाराम भर्न सक्नेछन् ।