२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

चितवन:  चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै गरेका   सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उनको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने। जग्दुका साथमा रहेका  एक जना भने भागेर बाँच्न सफल भएका छन।