न्यूयोर्क : नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ।
विभिन्न आदिवासी जनजातीहरुको हकहित र समुन्नत भविष्यका लागि जुलाई १९ मा आर्थिक संकलन गर्ने उद्देश्यले सेप्टेम्बर २८ मा सांस्कृतिक साँझ (FIPNA Cultural Gala )कार्यक्रम गरेको हो ।
फिप्नाको तत्कालीन अध्यक्ष तोरण गुरुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरूले गरेको अतुलनीय योगदानको कदर गर्दै सम्मान तथा आभार व्यक्त गरिएको थियो।
फिप्नाका सदस्या संस्थाहरुबाट कार्यक्रममा आ-आफ्नो भेसभुसा र संस्कार, संस्कृति झल्कने नाँचहरु प्रस्तुत भएको थियो। नाँच प्रस्तुत गर्ने कलाकारहरु तथा स्वयम् सेवकहरुलाई फिप्नाको तत्कालीन अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गरिएको आयोजकले बताएका छन्।
कार्यक्रममा फिप्नाको संघीय परिषदका प्रत्येक सदस्य संस्थाका अध्यक्ष तथा संस्थाको प्रतिनीधिहरु , समाजसेवी,सल्लाकार र कलाकारको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन फिप्नाका महासचिव दिपक चौधरीले गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण मान्याजनहरुलाई फिप्नाका बरिष्ठ उपाध्यक्ष तुलबहादुर तामाङले स्वागत भाषणमा महत्वपूर्ण उपस्थितिको लागि धन्यवाद दिएका थिए।
कार्यक्रममा फिप्नाका सदस्या संस्था किरात याक्थुम चुम्लुङका अध्यक्ष दीपक थेबेले अमेरिकन आदिवासी नेपालीहरूको मुल संस्था फिप्ना रहेको र मुल संस्थाले गरेको कल्चरल गाला कार्यक्रममा आफू अन्तिमसम्म बसेर मनोरञ्जन लिएको बताए।
साथै फिप्नाको सल्लाहाकार कुलदिप राणामगरले अमेरिकामा रहेका सम्पूर्ण आदिवासीहरुको समस्या र हक अधिकारको लागि फिप्ना डटेर लाग्नु पर्ने र हरेक कुरामा नयाँ पिँढीहरूलाई सिकाउँदै ,सहभागिता गराउँदै र फिप्नाको महत्वा बुझाउँदै अघि बढ्नु पर्ने सुझाएका थिए।
साथै समाजसेवी तथा युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKRA) का केन्द्रीय उपाध्यक्ष केसव राम राईले फिप्नाको इतिहासमै उत्कृष्ट कार्यक्रम सांस्कृतिक साँझ (Cultural Gala) भएको र यस्तो पृथक कार्यक्रमहरू निरन्तर थप्दै र गर्दै जान सके फिप्नाले अर्को छलाङ मार्न सहज हुने बताएका थिए।
साथै उनले आदिवासी जनजातिहरूको एजेन्डामा सधैँ सबैजना एक ठाउँमा हुन सके बलियो हुन सकिने कुरा बताए।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को उद्देश्य विशुद्ध जनजाति आदिवासीहरूको लागि मात्र नभएर सम्पूर्ण उत्पीडित जातजाति र समुदायको सम्मान अधिकार र हकको लागि उभिनु रहेको उनको भनाइ थियो।
कार्यक्रम मा उपस्थित द गुरुङ (तमु) सोसाइटी अफ अमेरिकाका अध्याक्ष ओम गुरुङ र नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष वसन्ती पनी आफ्नो मन्तव्यमा फिप्नाको यो कार्यसमिति आएपछि अति नै राम्रो काम गर्दै आएको र अझै गर्न बाँकी धेरै रहेको बताए।
त्यस्तै फिप्नाको सचिव दाजिमा शेर्पाले FIPNA Cultural Gala कार्यक्रमको कोअर्डीनेटर भएको हसियतले केही सानातिना कमजोरीहरूको बावजुद पनि सबैको साथ सहयोगको कारण सफल भएको कुरा प्रस्टाउँदै सम्पूर्ण कलाकारहरु र भोलिन्टर्सहरुलाई स-सम्मान धन्यावाद ज्ञापन गरे ।
कार्यक्रम समापन हुनअघि अध्यक्ष तोरण गुरुङले नेपालको एक सुन्दर प्राकृतिक बनावटसंगै आफ्नै मौलिक संस्कृति , भाषाको वृक्षारोपण गरेर फैलिएका मुलबासीको सन्तान आदिवासी जनजाति हामीहरू सधै एक भएर आफ्नो मुद्दाहरूको उठान र हक अधिकार फिर्ता गर्न सदा तदारुक हुनुपर्ने कुरामा जोड दिए।