७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा  निःशुल्क रुपमा बस सञ्चालन गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक बस एकदमै कम चल्ने भएकोले प्रहरीले यसपटक पनि २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको हो ।

एउटा बस रिङरोडभित्रका सर्वसाधारणलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई चढाउनेछ ।

काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

यसैगरी,नम्बरमा २ नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।