मिल्टन आँधीका कारण चार जनाको मृत्यु
- २४ अशोज २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको टेक्सस र लुइजियानामा बिहीबार अबेर रात र शुक्रवार बिहान आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । बाढीका कारण सडकहरू डुबानमा परेको छ भने १० लाखभन्दा धेरै घर र व्यवसायहरूमा बिजुलीको पहुँच ठप्प भएको छ ।
शुक्रवार गल्फ कोष्ट क्षेत्रमा थप बाढीको चपेटामा आउन सक्ने बताइएको छ । रुख ढल्दा दुई जनाको मृत्यु भएको बताइएको छ । क्रेन दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको थियो ।
आँधीबेहरीका कारण ह्यूष्टनमा कयौँ भवनमा क्षति पुगेको छ । टेक्ससमा ९ लाख ३४ हजार घर र व्यवसाय बिजुली बिना बस्नु परेको छ । लुइजियानामा पनि यो सङ्ख्या १ लाख ६६ हजार हाराहारी भएको बताइएको छ ।