शेर्पा संघ अमेरिकाको आयोजनामा शेर्पा संस्कृति जोगाउन ‘डिजे पार्टी’
- २५ अशोज २०८१
- २ मिनेटको पढाई
न्युयोर्क : शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे पार्टीको आयोजना गरेको छ। विश्व शेर्पा दिवसको औपचारिक विश्व शेर्पा संघको सस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघको निवर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामा शेर्पाको प्रमुख आथित्यतामा भव्यताका साथ सम्पन्न भएको हो।
यस वर्षबाट शेर्पा यूथहरूलाई एक ठाउँमा भेला गर्ने र मनोरञ्जन दिनको निम्ति आयोजना गरिने डिजे डान्स पार्टीको प्रमुख अतिथिबाट उदघाटन गरिएको थियो । प्रमुख अतिथिलाई सिलि नाचद्वारा भव्य रुपमा स्वागत गरेको र शेर्पा संस्कृति रिति रिवाज अनुसार ह्यिट्टु द्वारा सम्मान गरिएको थियो ।
संघ संगठन भएको खुसियालीमा विश्वभरका शेर्पाहरूले प्रत्येक वर्ष अक्टोबर ८ लाई ग्लोबल शेर्पा “डे”को रूपमा मनाउँदै आएको अध्यक्ष पासाङ दोर्जी शेर्पा एपि लामाले जानकारी दिए । उनका अनुसार सोहि अवसरमा वार्षिक रुपमा अमेरिकाको शेर्पा यूथहरूलाई एक ठाउँमा भेला गर्ने खालको कार्यक्रम आवश्यकता जनगुनासोलाई मध्य नजर गर्दै बिदाको दिन पारेर अक्टोबर ५ शनिबारको दिन डिजेमार्फत शेर्पा संस्कृतिलाई दोस्रो जेनेरेसन नयाँ पीडितलाई हस्तान्तरण गर्न मनोरञ्जनसहितको डिजे पार्टी कार्यक्रम आयोजना गरेको शेर्पा संघ अमेरिकाले पहिलो पटक अमेरिकामै इतिहासमा शेर्पा युवाहरूलाई समेटिएर यो कार्यक्रम गरिएको हो।
विशेष अथिति श्रद्धेय धर्म गुरु डा. युला शेर्पा अमेरिक अवैतनिक महावाणिज्यदूत दुत एसी शेर्पा अमेरिका न्युयोर्क स्टेरको विधान सभाको सदस्य Mr. Steven Raga विश्व शेर्पा संघको वरिष्ट उपाध्यक्ष निमा शेर्पा शेर्पा किदुगका अध्यक्ष ई तेम्बा शेर्पा दुजुम धर्म हाउस अमेरिकाको अध्यक्ष छोङबा लामा शेर्पा नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको तोरन गुरुङ नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्ट NRNA NCC North East RCC आङ छिरिङ शेर्पा एनआरएन न्युयोर्क च्याप्टरको कार्यवाहक अध्यक्ष छिरिङ शेर्पा नेपाल शेर्पा संघ सचिवालय सदस्य, खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ वडा अध्यक्ष फुनुरु मङगोल अरगनईजको कान्छ शेर्पा सिन्धु सोसाईटी अमेरिका सुर्य खड्का, प्रबासी नेपाली एकता समाज अमेरिकाको अध्यक्ष रुद्र राउत कलाकार संघ अमेरिकाको अध्यक्ष बसन्ता राई, प्रवासी नेपाली एकता समाज, पानस महासचिव शंकर बिसुनके मिसनर्थ अमेरिका जुबली शेर्पा मिस मोङगोलेन २०२२ पासाङ डोल्मा शेर्पा थिए।
अथिति न्यूयोर्कका शेर्पा छोक्पा अध्यक्षहरु साथै विभिन्न संघ अमेरिकामा रहेका विभिन्न संघसस्थाहरुको प्रतिनिधिहरुको उपस्थित थिए। कार्यक्रममा विभिन्न देशबाट थेन्डुप शेर्पा, अध्यक्ष विश्व शेर्पा संघ नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष तथा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा संघ बेलायतका अध्यक्ष रिन्जी लामा शेर्पालगायतले अनलाइन जुमबाट शुभकामना मन्तव्य दिएका थिए र आङ दोर्जी सोनाम सदस्य विश्व शेर्पा संघ शेर्पा, निवर्तमान अध्यक्ष शेर्पा किदुग बेल्जियम शेर्पा संघ जापनको पुर्व अध्यक्ष पासाङ शेर्पा सहभागी थिए।
विश्वभर छरिएर रहेका शेर्पाहरूको भाषा संस्कृति र रितिरिवाजमा परम्परालाई एकरूपता ल्याउन र विश्वभरका शेर्पाहरूलाई एकीकृत गर्ने उद्देश्यले सन् २०१७ मा आङ दोर्जी शेर्पा (एडी)को अध्यक्षतामा विश्व शेर्पा संघ संगठन भएको थियो।
कलाकारहरू सामूहिक श्याब्रु नृत्य रहेको थियो र वरिष्ठ शेर्पा कलाकार शेर्पा भाषाको दुईबाट गीत प्रस्तुत दिएका थिए। कार्यक्रममा सञ्चालन विश्व शेर्पा संघ महासचिव आङ जाङबु शेर्पा र स्वागत मन्तव्य शेर्पा संघ अमेरिकाको सचिव पेम्बा गिर्मे शेर्पा लामाले गरेका थिए। अन्त्यमा डिजे प्रस्तुतिले युवाहरू भरपुर मनोरञ्जन दिएको थियो ।