९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

फ्लोरिडामा अत्यन्तै डरलाग्दो ‘मिल्टन’ आँधीको कहर, २० लाख घर विद्युत बिहीन

फ्लोरिडामा अत्यन्तै डरलाग्दो ‘मिल्टन’ आँधीको कहर, २० लाख घर विद्युत बिहीन

न्युयोर्क- फ्लोरिडामा मिल्टन आँधीले ठूलो क्षति पुऱ्याइरहेको छ। सो आँधीलाई अमेरिकामा १०० वर्ष यताकै शक्तिशाली आँधी हुन सक्ने भनिएको छ।

आँधीको चेतावनीसँगै लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको थियो। बुधबारको चेतावनी पछि लाखौं मानिसहरु सहर बाहिर जाने प्रयारमा रहँदा राजमार्गहरुमा सवारी चाप बढेको थियो।
दुई साताअघि मात्रै फ्लोरिडामै ‘हेलेन आँधी’ले ठूलो क्षति पुऱ्याएको थियो।

मिल्टन आँधीका कारण करिब २० लाख घर र व्यवसायीहरु प्रभावित भएका छन्। यी क्षेत्रमा अहिले विद्युत आपूर्ति बन्द भएको छ।

आँधीका कारण केही मानिसको मृत्यु भएको खबर छ। मृतकको संख्या भने अहिले यकिन हुन सकेको छैन। यो आँधीलाई स्थानीय विज्ञहरुले ‘अत्यन्तै डरलाग्दो’ र ‘लाइफ थ्रेटनिङ’ भनेका छन् ।

यो आँधीसँगै बाढी र पहिरोको सम्भावना बारे पनि स्थानीयलाई सूचित गरिएको छ। तीव्र गतिमा हावा चल्न सक्ने भनिएकोले स्थानीय आफ्ना घर र पसलका ढोका र झ्यालहरुमा काठ ठोकेर सुरक्षित गरेका थिए।