३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

हुथी लडाकुहरूले बनाए अमेरिकी जहाजलाई निशाना

हुथी लडाकुहरूले बनाए अमेरिकी जहाजलाई निशाना

न्युयोर्क- लेबनानको राजधानी बेरुत नजिकै रहेका यमनका हुथी लडाकुहरूले रकेट र मिसाइलले दुईवटा जहाजलाई निशाना बनाएको बताइएको छ।

हुथी लडाकुहरूले निशाना बनाएका दुई जहाजमध्ये एउटा अमेरिकी तेल ट्याङ्करको रूपमा पहिचान गरिएको छ। यसको नाम ‘ओलम्पिक स्पिरिट’ हो।

हुथी लडाकुहरुले निशाना बनाउँदा अमेरिकी जहाज ‘ओलम्पिक स्पिरिट’ लाल सागरमा तैनाथ रहेको थियो ।

दोस्रो जहाज ‘सेन्ट जोन’ थियो जसलाई हिन्द महासागरमा हुथी लडाकुहरूले निशाना बनाएका थिए। नोभेम्बर २०२३ देखि, हुथी लडाकुहरूले कुल १ सय जहाजहरूलाई निशाना बनाएका छन्। तीमध्ये दुईवटा जहाज पनि डुबेका छन् ।

गाजामा इजरायलको सैन्य अभियानको बदला लिन यो आक्रमण गरिएको होउथी लडाकुहरूले बताएका छन्।