६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

फ्लोरिडामा आँधीले १७ जनाको ज्यान लियो

फ्लोरिडामा आँधीले १७ जनाको ज्यान लियो

न्युयोर्क- संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा लगातार आएका दुई (जीवनमा एकपटक मात्र आउने भनिएका) आँधी मिल्टन र हेलेनले मच्चाएको विनाशपछि पुनर्निर्माण शुरू भएको छ ।

गत बुधबार राति क्याटेगोरी ३ आँधीको रूपमा सरासोटा काउन्टीको सिएस्टा की नजिकै प्रवेश गरेको मिल्टनका कारण कम्तीमा १७ जनाले ज्यान गुमाएका छन् । आँधीले दर्जनौँ टोर्नाडो, २८ फिट अग्ला छाल, तीव्र हावा, भारी वर्षा र भयंकर समुद्री छाल ल्याएको थियो ।

मिल्टनपछि आएको आँधीले जनजीवनमा ठूलो असर पारेको छ भने बाढीको जोखिम अझै बाँकी रहेको विज्ञहरूले चेतावनी दिएका छन् । शनिबार बिहानसम्म पनि १६ लाख घरमा बिजुली आपूर्ति अवरुद्ध रहेको छ ।

आँधीका कारण आएको बाढी केही दिन वा सातासम्म रहनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर