६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

काठमाडौं- पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन् । विभिन्न सङ्घ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन् ।

कुश्मा बजार क्षेत्रमा बञ्जीजम्प, जीपलाईन, अग्ला र लामा झोलुङ्गे पुल रहेका छन् । त्यसैले यहाँ बढीजसो आन्तरिक पर्यटकलाई घुम्न आएका हुन् ।  दसैँ सकिएसँगै यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । अरु समयमा भन्दा दसैँतिहार जस्ता चाडवाडमा पर्यटक बढी भित्रिने गरेका छन् ।

पर्यटक आगमन बढ्न थालेपछि कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । मुस्ताङ, उपल्लो मुस्ताङ, कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि चहलहपल बढ्न थालेको बताइएकाे छ । मुस्ताङ जाने पर्यटकले  बास बस्न यहाँका होटल बुकिङ गर्न थालेका छन ।

बञ्जिजम्प र जीपलाइनका लागि समेत एक हप्ता अघिदेखिनै टिकट बुकिङ भइरहेको सञ्चालकहरुले बताएका छन् ।

सम्बन्धित खबर