न्यूयोर्कमा घरेलु हिंसाविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
- २९ अशोज २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क : न्यूयोर्कमा घरेलु हिंसाविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ। ‘घरेलु हिंसाविरुद्ध जनचेतना महिना किकअफ कार्यक्रम'(Domestic Violence Awareness Month Kickoff Event) शीर्षकको कार्यक्रम अक्टोबर १२ को दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म भएको थियो।
कार्यक्रम NYC मेयरको सामुदायिक मामिला इकाईसँगको सहकार्यमा दिलकुमारी केसी मेमोरियल फाउन्डेशन इंक द्वारा आयोजना गरिएको हो।
100-01 Northern Blvd Corona NY 11368 मा भएको कार्यक्रममा दिल कुमारी केसी मेमोरियल फाउन्डेशनका नवराज केसीले उद्घाटन मन्तव्य दिएका थिए। उनले ५ मनिट दिल कुमारी केसी मेमोरियल फाउन्डेशन बारे बताएका थिए। न्यूयोर्कका मेयर कार्यालयबाट सुक्रनी धनपतद्वारा घरेलु हिंसा सचेतना महिना, अक्टोबरको संक्षिप्त परिचय दिइएको थियो। त्यस्तै नवराज केसीले कार्यक्रम तालिका प्रस्तुत गरेका थिए।
कार्यक्रममा अल्पना पटेल, सामुदायिक कार्यकर्ता र Persaud सामुदायिक मामिला प्यान्ट्री इंकका अध्यक्ष Jeany Persaud, माननीय जिल्ला नेता, पूर्व नगर परिषद सदस्य, पूर्व राज्य सिनेटर हिराम मोन्सारेट, कश्मीरी अमेरिकी गठबन्धनका अध्यक्ष सगिर खानले पावर पोइन्ट प्रस्तुति दिएका थिए।
कार्यक्रममा ४५ मिनेट प्यानल छलफल भएको थियो। यो छलफल सुकरानी धनपतले सञ्चालन गरेका थिए। यसमा सेबेना सिगोबिन (घरेलु हिंसा पीडित), ड्र्यू रामपरसाउड (आर्थिक विश्लेषक), सारा खलील (लेखक), डियान अली (वरिष्ठ लायन्स सदस्य), नवराज केसी (नेपाली समुदाय नेता), डा मरियम सिंह सहभागी थिए।
कार्यक्रममा दिलकुमारी केसी मेमोरियल फाउण्डेशनका अध्यक्ष नवराज केसीको समापन मन्तव्य दिएका थिए।