३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

बमको धम्कीले अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान क्यानडा डाइभर्ट

बमको धम्कीले अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान क्यानडा डाइभर्ट

न्युयोर्क : अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मंगलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन्। दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भएपछि क्यानाडातर्फ डाइभर्ट गरिएको हो। उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण गराइएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

त्यस्तै सोमबार मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो। तर, चेकजाँचका क्रममा कुनै शंकास्पद वस्तु भेटिएन। भारतको नागरिक उड्डयन सुरक्षा निकाय र नागरिक उड्डयन सुरक्षा ब्यूरोले जुनमा यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो।