१ असार २०८२, आइतवार
15 June 2025, Sunday

दशैं तिहारको अवसरमा ह्युस्टनमा साङ्गीतिक कार्यक्रम, उठेको रक बाढी पीडितलाई सहयोग

दशैं तिहारको अवसरमा ह्युस्टनमा साङ्गीतिक कार्यक्रम, उठेको रक बाढी पीडितलाई सहयोग

न्यूयोर्क : दशैं तिहारको अवसरमा ह्युस्टनमा साङ्गीतिक कार्यक्रम हुने भएको छ। यही अक्टोबर १९ शनिवार भिआइपी मुभमेण्टले ह्युस्टन पशुपति मन्दिर परिसरमा दिउँसो दुई बजेदेखि साँझ आठ बजेसम्म कार्यक्रम गर्न लागिएको हो।

नेपाली गीत-सङ्गीतको प्रवर्द्धन तथा हालै नेपालमा धेरै असर पुर्‍याएको बाढी पहिरोबाट प्रभावितहरूको आर्थिक सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको आयोजक विष्णु कार्की र रन्जीत गौलीले बताएका छन्।

संकलित रकमबाट खर्च कटाएर बचेको सबै रकम नेपालमा बाढी पहिरो पीडितहरुको सहयोगको लागि दान गरिने उनीहरुले जनाए।

कार्यक्रममा गायिका मिलन नेवारसहित कलाकारहरु अन्जली अधिकारी, खेम सेन्चुरी र राधिका कंडेल आउने छन्। कार्यक्रममा उनीहरुको संयुक्त प्रस्तुति रहने आयोजकले जनाएका छन्।

हिमालयन कल्चरल सेण्टरको प्राङ्गणमा हुने कार्यक्रममा ३० डलर प्रवेश शुल्क निर्धारण गरिएको छ।

कार्यक्रममा जति धेरै सहभागिता बढ्छ त्यति नै बढी रकम संकलन हुने र बाढी पहिरो प्रभावितलाई सहयो हुने भएकोले सम्भव हुने जतिलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको ।

सम्बन्धित खबर