३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

कमला ह्यारिसलाई मानसिक फिटनेस प्रमाणित गर्न ट्रम्पको आव्हान

कमला ह्यारिसलाई मानसिक फिटनेस प्रमाणित गर्न ट्रम्पको आव्हान

न्युयोर्क- राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले आफुमा शारिरिक,मानसिक र बौद्धिक क्षमतामा कुनै समस्या नभएको भन्दै अन्य उमेद्वारको परीक्षणका लागि आव्हान गरेका छन्।

पेन्सिल्भेनियामा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले राष्ट्रपति पदका सबै उम्मेदवारहरूले क्षमता परीक्षण गर्नुपर्ने भन्दै मानसिक फिटनेसमा जोड दिएका हुन्।

ट्रम्पले प्रतिष्पर्धी उमेद्वार कमला ह्यारिसले मानसिक फिटनेस प्रमाणित गर्नुपर्ने बताए। यद्यपी अमेरिकी कानुन अनुसार कसैलाई पनि मानसिक फिटनेस प्रमाणित गर्न बाध्य पारिनु अवैधानिक मानिन्छ।

ह्यारिसको चुनावी अभियानमा बारम्बार ट्रम्पको मानसिक स्वास्थ्यका विषयमा टिप्पणी भएपछि ट्रम्पले परीक्षणका लागि चुनौती दिएका हुन्।

राष्ट्रपति निर्वाचनको सम्मुखमा रहेको अमेरिकाका आधा भन्दा बढी राज्यहरूमा प्रारम्भिक मतदान भइरहेको छ। ती सर्वेक्षणहरुले दुवैको प्रतिष्पर्धा नेकटुनेक रहेको देखाएको छ।