७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

अर्थमन्त्री पौडेल आज अमेरिका प्रस्थान गर्दै

अर्थमन्त्री पौडेल आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् ।

अर्थमन्त्रीले अमेरिकाको डिसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनी कार्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम रहेको छ ।