टी–२० मा जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड, गाम्बियाविरुद्ध बनायो ३४४ रन
- ०७ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क-आइसीसी पुरुष टी–२० विश्वकपमा जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरलाई तोडेको छ ।
अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोरसँगै नेपालको रेकर्ड तोडिएको हो ।
यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। जिम्बाब्वेले ४ विकेटको क्षतिमा ३४४ रनको योगफल खडा गरेको हो।
जिम्बाब्वेका लागि ४३ बलमा १३३ रन जोडेका कप्तान सिकन्दर रजाले ७ चौकासहित १५ छक्का प्रहार गरे। तादीवानाशे मारुमानीले १९ बलमा ६२ रनको योगदान दिए।