९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

टिकटकद्वारा नेपालका व्यवसायीहरूलाई सशक्त बनाउनका लागि कार्यशालाको आयोजना

टिकटकद्वारा नेपालका व्यवसायीहरूलाई सशक्त बनाउनका लागि कार्यशालाको आयोजना

काठमाडौँ- नेपालमा साना र मझौला व्यवसायलाई सशक्तीकरण गर्ने उद्देश्यले टिकटकले हालै काठमाडौँमा एक कार्यशाला सम्पन्न गरेको छ।

‘ग्राे विथ टिकटक मास्टरक्लास’ नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो।

एक दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका सुविधाहरूको लाभ कसरी उठाउने भन्ने बारे गहन प्रशिक्षण प्राप्त गरेका थिए।

कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटकमार्फत् गर्न सकिने प्रवर्दन विविध पक्षहरूलाई समेट्ने सत्रहरूको श्रृंखला प्रस्तुत गरेको थियो। 

सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको परिचय गराइएको थियो। 

उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले कायम र सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने कुरा पनि बुझ्न पाएका थिए। त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो। 

कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तरक्रियात्मक दुवै खाले सत्रहरूको डिजाइन गरिएको थियो। नेपाल सरकारले केही समय अगाडि टिकटकमाथि लगाएकाे प्रतिबन्ध खुलाएकाे थियाे।

टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो सहित विश्वभरि नै कार्यालयहरू छन्। 

सम्बन्धित खबर