३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

श्रीलंकाको पोष्टमा आधा दर्जन गोल गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि भारतसँग भिड्ने

श्रीलंकाको पोष्टमा आधा दर्जन गोल गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि भारतसँग भिड्ने

काठमाडौं– श्रीलंकामाथि शानदार जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई नेपालले ६–० को जित हासिल गरेको हो।

यो सँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३–० को जित निकालेको थियो।

नेपालले अन्तिम चारमा अर्को समूहको उपविजेता भारतरसँग खेल्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराए पनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ। नेपाललाई अघिल्लो चरणमा पुर्‍याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल थपे।