२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न राष्ट्रसंघका महासचिवको आह्वान

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न राष्ट्रसंघका महासचिवको आह्वान

न्युयोर्क- संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाको लागि आग्रह गरेका छन्। अफ्रिका महादेशको विकास चुनौतीहरू सम्बोधन गर्न अफ्रिकालाई बलियो आर्थिक सहयोग विस्तार गर्ने आवश्यकतालाई जोड दिए।

इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयू मुख्यालयमा भएको सम्मेलनको नतिजाबारे अफ्रिकी युनियन आयोगका अध्यक्ष मौसा फकी महामतसँगको संयुक्त ब्रिफिङमा गुटेर्रेसले अफ्रिकाले इतिहासमा गहिरो जरा गाडेका चुनौतीहरूको सामना गरिरहेको बताए।

महासचिवले वर्तमान वैश्विक संस्थाहरू एक समयमा निर्माण गरिएको थियो जब अफ्रिकाको अधिकांश औपनिवेशिक शासनमा थियो।